site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
धनगढी प्रिमियर लिगको लागि ‘पिच’ निर्माणको काम सुरु
Tiktok banner adTiktok banner ad

धनगढी । सर्वाधिक धनराशीको घरेलु क्रिकेट प्रतियोगिता धनगढी प्रिमियर लिगको दोस्रो संस्करणका लागि पिच निर्माणको काम सुरु भएको छ । आगामी चैत १७ गतेदेखि वैशाख १ गतेसम्म आयोजना हुने डीपीएलको दोस्रो संस्करणका लागि पिच र मैदान निर्माणको काम सुरु गरिएको हो ।  खेल हुने संघीय प्रहरी कार्यालयको खेल मैदानलाई सिंचाई गर्दै घाँस काट्ने काम सम्पन्न भएको छ । 

पिच निर्माणको काम भईरहेको अवस्थामा पिचलाई अन्तर्राष्ट्रिय स्तरको वनाउन भारतवाट क्युरेटर बोलाईएको छ ।  केही दिनमा भारत र नेपालकै क्युरेटरहरुले पिच निर्माणको कामलाई तिव्रता दिने प्रतियोगिताका संयोजक सुवाश शाहीले जानकारी दिए । 

“अहिले हामीले पिच निर्माण र मैदानको व्यवस्थापनको काम गरिरहेका छौं । अन्य तयारी पनि सँगसँगै भईरहेको छ,” उनले भने, “भारतवाट पनि क्युरेटर आउँदैछन । नेपालका क्युरेटर पनि आउनेछन् । उनीहरुले अन्तर्राष्ट्रिय स्तरको पिच बनाउनेछन् ।”  

धनगढी क्रिकेट एकेडेमी र सुदुरपश्चिमाञ्चल एकेडेमीको आयोजनामा हुने लिगको लागि अहिले खेलाडीहरुले नाम दर्ता गरिरहेका छन् । 

माघ २५ गतेसम्म नाम दर्ता सकिनेछ भने सुदुरपश्चिमका खेलाडीहरु प्रत्येक टीमले अनिवार्य रुपमा राख्नुपर्ने व्यवस्था भएका कारण ट्यालेन्ट हन्ट पनि हुन गईरहेको छ ।

सहभागी ६ वटै टीमहरु पनि तयारीमा जुटेका बेला फागुन ९ गते हुने अक्सनको तयारीमा रहेको प्रतियोगिता संयोजक शाहीको भनाई रहेको छ । 

करिब तीन करोडको लागतमा आयोजना गर्न लागिएको प्रतियोगिता विजेताले २५ लाख तथा उपविजेताले १० लाख पाउनेछन । पहिलो संस्करणको विजेताले १५ तथा उपविजेताले ७ लाख रुपैयाँ पाएका थिए । यो नेपाली क्रिकेट इतिहासकै सर्वाधिक पुरस्कार राशी हो । प्रतियोगितामा एक नयाँ गरी ६ वटा टोलीहरुले सहभागीता जनाउनेछन् । 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, माघ २१, २०७४  ०६:१०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro