site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
कुमारीविरुद्ध मध्यपुरको सहज जित
Tiktok banner adTiktok banner ad

काठमाडौं । सहिद स्मारक ‘बी’ डिभिजन लिगमा मध्यपुर युथ एसोसिएसनले कुमारी क्लबविरुद्ध ३–१ को सहज जित निकालेको छ । शनिबार (वैशाख २७) सातदोबाटोस्थित एन्फा मुख्यालयमा भएको १०औँ चरणको अन्तिम खेलमा मध्यपुर विजयी भएको हो ।

मध्यपुरको जितमा विकर्ण श्रेष्ठ, प्रज्वल थापामगर र सन्तोष गोंवाले गोल गरे । कुमारीका निशान्त प्रदानले एक गोल गरे पनि टोलीको हार टार्न सकेनन् ।

खेलेको तेस्रो मिनेटमा विकर्णले गोल गर्दै टोलीलाई अग्रता दिलाए । २६औँ मिनेटमा प्रज्वलले अग्रता दोबर बनाए । इन्ज्युरी समयमा सन्तोषले तेस्रो गोल गर्दै मध्यपुरको जित निश्चित गरे ।

खेलको ८६औँ मिनेटमा कुमारीका निशान्तले एक गोल फर्काए ।

जितसँगै मध्यपुर ११औँ स्थानमा उक्लिएको छ । १० खेलमध्ये तीन जित, पाँच हार र दुई बराबरीबाट मध्यपुरको ११ अंक छ । मध्यपुरलाई रेलिगेसनको खतरा कायमै छ । टोली बाँकी तीनमध्ये एउटा खेलमा मात्र पराजित भए रेलिगेसन जोनमा झर्ने सम्भावना प्रबल छ ।

पराजित कुमारी सातौँ स्थानमा यथावत् छ । पाँच हजार, चार जित र एक बराबरीबाट कुमारीको १३ अंक छ ।
 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, वैशाख २७, २०८२  १६:४३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro