site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
पोखरा स्पोर्टस् अवार्ड : अरूणा र विश्वास वर्ष उत्कृष्ट खेलाडी घोषित

काठमाडौं । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको आयोजनामा शुक्रबार साँझ पोखरामा सम्पन्न नवौँ संस्करणको ‘पोखरा स्पोर्टस् अवार्ड’मा वर्ष खेलाडीको उपाधि अरूणा शाही र विश्वास अधिकारीले जितेका छन् ।

वर्ष उत्कृष्ट खेलाडीका लागि मनोनयनमा परेका उत्कृष्ट तीनमध्ये महिलातर्फ नेपाली राष्ट्रिय भलिबल टोलीका कप्तान समेत रहेकी अरूणा शाही घोषित भइन् । यसँगै अरूणा हालसम्म तीनपटक वर्ष उत्कृष्ट खेलाडी बन्न सफल भइन् ।

यसैगरी पुरूषतर्फ भलिबलका विश्वास अधिकारी वर्ष खेलाडी बने । अवार्डका साथ उनीहरूले  टेलजी इलेक्ट्रिक स्कुटर पुरस्कार पाएका छन् ।

वर्ष खेलाडी महिला विधामा आईटीएफ तेक्वान्दो/मुआथाईकी सुस्मिता थापामगर र फेन्सिङकी कृपा गुरूङ समेत मनोनयनमा परेका थिए । पुरूषतर्फ टेनिसका प्रदीप खड्का र फुटबलका सुमित श्रेष्ठ थिए ।

उदीयमान खेलाडीतर्फ क्रिकेटकी रचना चौधरीले अवार्ड प्राप्त गरिन् । सो विधामा भलिबलका जितबहादुर सार्की र एथ्लेटिक्सका बादल कार्की समेत उपाधि होडमा थिए । टेनिसका निरज थापा र भलिबलका रमेश केसीलाई पछि पार्दै उत्कृष्ट प्रशिक्षक फुटबलका राजेन्द्र तामाङ बने ।

उत्कृष्ट खेल संस्थाको अवार्ड म्याग्दी जिल्ला भलिबल संघले प्राप्त गर्‍यो भने वर्ष उत्कृष्ट खेल पत्रकारको अवार्ड विजय नेपालले पाए । उत्कृष्ट बन्न सफल सबैले अवार्डसहित नगद ३५ हजार रुपैयाँ पुरस्कार प्राप्त गरे ।

मञ्चले ‘लाइफटाइम अचिभेमन्ट अवार्ड’ बाट सुटीङकी प्रशिक्षक भगवती खत्री केसीलाई सम्मान गरेको छ । उनलाई चाँदीको करूवासहित अवार्ड प्रदान गरिएको हो ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, वैशाख २६, २०८२  २३:०४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro