site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
निर्धारित उडान रद्द गर्नु कम्पनीको बाध्यता हो : बुध्द एयर 

काठमाडौं । बुध्द एयरले निर्धारित उडान रद्द गर्नु कम्पनीको बाध्यता भएको बताउँदै आफूहरुको समस्या बुझिदिन सम्पूर्ण यात्रुवर्गसँग अनुरोध गरेको छ । भौगोलिक बनावट, सानो धावनमार्ग, लगातार बदलिदो मौसम, प्राविधिक उपकरणको अभाव आदि इत्यादि कारणले नेपालभित्र सुरक्षित जहाज उडान गर्नु निकै चुनौतिपूर्ण कार्य रहेको एयरले जनाएको छ ।

यस्ता अप्ठ्याराहरुलाई हृदंगम गरि बुध्द एयरले अन्तर्राष्ट्रिय मापदण्ड अनुसार जहाजको उडान तथा मर्मतसम्भार कार्यहरुलाई अद्यावधिक गरिराखेको जारी विज्ञप्तिमा उल्लेख गरेको छ ।

जाडो मौसममा बाक्लो हुस्सु कुहिरो लाग्नु स्वभाविक भएकाले बाक्लो हुस्सु र खराव मौसमले अप्रत्याशित रुपमा विमानस्थल बन्द हुन पुग्ने बुध्द एयरले जनाएको छ ।
जहाज उडानका लागि यथेष्ट भिजिविलिटी नहुँदा उडानहरु विलम्वका साथै रद्द हुनु पनि स्वभाविक नै भएको कम्पनीले जनाएको छ ।

१५ माघ सोमबारका दिन विराटनगर विमानस्थलमा २००० मिटरको मात्र भिजिबिलिटी भएकाले सुरक्षाका दृष्टिकोणले बुध्द एयरले निर्धारित काठमाडौं–विराटनगर–काठमाण्डौका सबै उडानहरु रद्द गरेको जानकारी विज्ञप्तिमार्फत दिएको छ । 

वैकल्पिक विमानस्थलको रुपमा रहेको भैरहवा विमानस्थल हुस्सुको कारणले बन्द थियो भने नेपालगन्ज दिउँसो ३ बजेबाट रनवे मर्मत सम्भारका कारण सञ्चालनमा आएको थिएन । 

निर्धारित उडान रद्द गर्नु कम्पनीको बाध्यता भएकोले बुध्द एयरले यात्रुलाई सुरक्षा चासो बुझिदिन र कम्पनीको प्रयासमा साथ दिन अनुरोध गरेको विज्ञप्तिमा उल्लेख गरेको छ । विज्ञप्तिमा बुध्द एयरले यात्रुसुरक्षा बाहेक अन्य कुनै पनि कारणले उडान नरोकेको जनाएको छ ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
प्रकाशित मिति: मंगलबार, माघ १६, २०७४  १६:५०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Kitchen Concept AdvertisementKitchen Concept Advertisement
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
कानुन कार्यान्वयनमा दृढता आवश्यक
कानुन कार्यान्वयनमा दृढता आवश्यक
Hamro patroHamro patro