site stats
बाह्रखरी :: Baahrakhari
विशेष
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
बन्द भएको रेडियोथेरापी सेवा फागुनको दोस्रो साताबाट सञ्चालनमा
SkywellSkywell

काठमाडौं । वीर अस्पतालले नयाँ प्रविधिको रेडियोथेरापी मेसिन (टेमोथेरापी) फागुनको दोस्रो सातबाट सञ्चालनमा ल्याउने भएको छ । अस्पतालले पुरानो कोवाल्ट मेसिनलाई व्यवस्थापन गर्न नसक्दाँ नयाँ मेसिन सञ्चालनमा ल्याउन ढिलो भएको अस्पतालले बताएको छ । 

२० वर्ष पुरानो मेसिन दुई वर्षदेखि बिग्रिएर थन्किएपछि दैनिक ५० देखि ६० जना विरामी समस्यामा परेका थिए र तीमध्ये अधिकांश निजी अस्पताल धाउँथे ।

वीर अस्पतालका निर्देशक डा. भुपेन्द्र बस्नेतले केही दिनभित्रै नयाँ रेडियोथेरापी मेसिन नेपाल आइपुग्ने जानकारी दिए  । 

KFC Island Ad
NIC Asia

“यो थेरापी सेवा सञ्चालनमा आएपछि उपचार सहज हुनेछ । दैनिक क्यान्सरको उपचार गर्न आउने सबै बिरामीलाई दुई सिफ्ट गरेर सेवा दिने छौँ,” निर्देशक डा. बस्नेतले बाह्रखरीसँग भने ।

निजी अस्पतालमा हाल क्यान्सरका बिरामीले निजी अस्पतालमा रेडियोथेरापी गर्दा डेढदेखि दुई लाख रुपैयाँसम्म खर्च गर्नुपर्छ । तर, यो सेवा वीर अस्पतालले सञ्चालनमा ल्याएपछि ५ हजार रुपैयाँमा नै यो सेवा लिन सकिने निर्देशक डा. बस्नेत बताउँछन् । 

Royal Enfield Island Ad

अहिले रेडियोथेरापी सेवा भक्तपुर क्यान्सर अस्पताल, भरतपुर क्यान्सर अस्पताल, नेपाल क्यान्सर अस्पताल र काठमाडौँ क्यान्सर सेन्टरले दिँदै आएको छन् । 

वीर अस्पतालका क्यान्सर विभागका प्रमुख चिकित्सक डा. विवेक आचार्यका अनुसार “सामान्यतः क्यान्सरका बिरामीले पाँचदेखि सात सातासम्म रेडियोथेरापी गर्नुपर्छ । क्यान्सर भएका बिरामीलाई अप्रेसनअघि रेडियोथेरापी जरुरी हुन्छ । रेडियोथेरापीले ट्युमरको आकार घटाउने र अप्रेसन गर्न सजिलो बनाउने काम गर्छ ।” 

त्यसैगरी, चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) का उपकुलपति प्रा.डा.गणेश गुरुङले भन्छन्, “ हामीले नयाँ प्रविधियुक्त टेमोथेरापी मेसिन ल्याउने भएका हौँ, अमेरिकाबाट मेसिन सिपिङ (पानीजहाज) मार्फत आउँदैछ अबको केही  दिनमा नेपाल आइपुग्छ । यस अवधिमा हामीले उक्त मेसिन राख्ने ठाउँ निर्माण गदैर्छौं, फागुनको दोस्रो साताबाट विरामीलाई सेवा दिने लक्ष्य ।”

वीर अस्पतालमा ल्याउन लागेको टोमोथेरापी मेसिन क्यान्सर उपचारको लागि संसारमै गुणस्तरीय र नयाँ प्रविधियुक्त मानिन्छ । यसले क्यान्सर नभएको कोषिकाहरूलाई कुनै असर नपुर्‍याइ क्यान्सरको उपचार गर्छ । 

“हामीले सञ्चालन गर्न लागेको यो मेसिन नेपालमा नै पहिलो हो,” उपकुलपति डा. गुरुङले भने । 

त्यस्तै, विक्रम् सम्वत् २०७१ सालमा वीर अस्पतालमा उपचार गर्न आएका एक हजार तीन सय क्यान्सरका रोगीमध्ये आठ सयलाई रेडियाथेरापी गरिएको थियो । ०७२ सालदेखि रेडियोथेरापी सेवा बन्द छ  । पूर्व स्वास्थ्य मन्त्री गगन थापाले दुई वर्षअघि बिग्रिएको उक्त मेसिन किन्नको लागि रु १५ करोड रुपैयाँ विनियोजन गरेका थिए । पछि अपुग भएपछि पुनः छलफल गरी सरकारले २५ करोड थपेर रु ४० करोड पु¥याएको थियो ।
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, माघ ८, २०७४  १४:०७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
कोप-२९ ले दिएको अवसर खेर नफाल 
कोप-२९ ले दिएको अवसर खेर नफाल 
SubisuSubisu
Hamro patroHamro patro