राजनीति
भारतीय सचिवको टिमसँग कांग्रेस सभापति देउवाले गरे भेटवार्ता

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र भारतीय विदेशसचिव विक्रम मिश्रीबीच शिष्टाचार भेट भएकाे छ । प्रधानमन्त्रीलाई भारत भ्रमणको निम्तो बोकेर आएका विदेशसचिव मिश्री र देउवाबीच भेटवार्ता भएकाे हाे ।
भेटमा भारतीय पक्षबाट मिश्रीसँग राजदूतसहित विभिन्न प्रतिनिधि सहभागी थिए । तर, देउवाले भने उनीहरूसँग एक्लै भेटेका हुन् । कांग्रेस सभापति देउवाको निवास बूढानीलकण्ठमा भएको भेटपछि देउवाले मिश्रीलाई हार्दिकतापूर्वक फोटो खिचेर बिदाइ गरेका थिए ।
प्रकाशित मिति: आइतबार, भदौ १, २०८२ १७:५१
प्रतिक्रिया दिनुहोस्