site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
प्राथमिकतामा ‘कनेक्टिभिटी’, व्यापार र विकास सहयोग

काठमाडौं । नेपाल–भारत परराष्ट्र सचिवस्तरीय द्विपक्षीय बैठक सम्पन्न भएको छ । बैठकमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व परराष्ट्रसचिव अमृतबहादुर राई र भारतीय प्रतिनिधिमण्डलको नेतृत्व भारतीय विदेशसचिव विक्रम मिश्रीले गरेका थिए । 

काठमाडौंस्थित होटेल सोल्टीमा आइतबार साँझ भएको बैठकमा नेपाल र भारतबीच सबै सम्बन्धको समीक्षा गरिएको थियो । बैठकमा कनेक्टिभिटी, व्यापार र विकास सहयोगलाई विशेष प्राथमिकता दिई छलफल भएको थियो ।

“छलफलमा कनेक्टिभिटी, व्यापार र विकास सहयोग लगायतका मुद्दाहरू समेटिएका थिए, जसले दुई देशहरूबीचको मजबुत सम्बन्धलाई जोड दिएका थिए,” बैठक सकिएपछि परराष्ट्र मन्त्रालयले सामाजिक सञ्जाल एक्समार्फत भनेको छ । 

काठमाडौंस्थित भारतीय दूतावासले बैठकमा नेपाल–भारत सहकार्यमा भएको प्रगतिको समीक्षा गरिएको बताएको छ । भारतीय दूतावासले भनेको छ, “उहाँहरूले द्विपक्षीय सम्बन्धलाई थप सुदृढ पार्ने पहलहरू र पारस्परिक हितका अन्य विषयहरूमा बृहत् छलफल गर्नुभयो ।” 

दुईदिने नेपाल भ्रमणको सिलसिलामा भारतीय विदेश सचिव मिश्री आइतबार बिहान काठमाडौं आइपुगेका हुन् ।

प्रकाशित मिति: आइतबार, भदौ १, २०८२  २०:४५
प्रतिक्रिया दिनुहोस्