साहित्य
‘आलोकमय सूर्य’ लोकार्पित

काठमाडौं । साहित्यकार सूर्यप्रसाद लाकोेजूको व्यक्तित्व र कृतित्व समेटिएको पुस्तक ‘आलोकमय सूर्य’ एक कार्यक्रमबीच सार्वजनिक भएको छ । पुस्तक संस्कृतिविद् हरिराम जोशी लगायतले विमोचन गरे ।
शनिबार पनौतीमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि जोशीले साहित्यकार लाकोजूलाई साहित्यिक ‘सूर्य’ भएको चर्चा गर्दै मातृभूमिप्रति उनले गरेको कर्म अतुलनीय रहेको बताए ।
समालोचक प्रा.डा. गोविन्दराज भट्टराई र ज्ञानु अधिकारीले सार्वजनिक कृतिको समीक्षात्मक टिप्पणी गरे ।
कार्यक्रममा प्रा.डा. पुरुषोत्तमलोचन श्रेष्ठ, साहित्यकार मोहन दुवाल, श्रीओम रोदन, ज्ञाननिष्ठ ज्ञवाली, पनौती नगरपालिका प्रमुख रामशरण भण्डारी, विष्णुएस राई लगायतले बोलेका थिए ।
प्रकाशित मिति: आइतबार, भदौ १, २०८२ २३:१९
प्रतिक्रिया दिनुहोस्