site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
राष्ट्रपति पौडेलसँग भारतीय सचिवको शिष्टाचार भेट

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसँग भारतीय विदेशसचिव विक्रम मिश्रीले शिष्टाचार भेट गरेका छन् । भेटमा राष्ट्रपतिले भारतले लिएको ‘नेइबर फर्स्ट’ नीतिको प्रशंसा गर्दै दुई देशको विशिष्ट सम्बन्ध अझ प्रगाढ हुने विश्वास व्यक्त गरेका थिए । 

राष्ट्रपतिका परराष्ट्र मामिला सल्लाहकार डा. सुरेशचन्द्र चालिसेका अनुसार, भेटमा राष्ट्रपतिले भारतयि विदेश नीतिको प्रशंसा गरेका थिए । “राष्ट्रपतिज्यूले भारतको ‘नेइबर फर्स्ट’ नीतिको सराहना गर्दै दुई देशबीचको इतिहादेखि रही आइएको विशिष्ट सम्बन्ध अझ उचाइमा जाने विश्वास व्यक्त गर्नु भएको छ,” डा. चालिसेले बाह्रखरीसँग भने, “शिष्टाचार भेट भएकाले धेरै विषय र मुद्दामा प्रवेश हुने कुरा भएन ।” 

उनका अनुसार, भारतीय विदेशसचिव मिश्रीले पनि भारत नेपालको विकासमा संलग्न हुँदै आएको भन्दै भोलिका दिनमा त्यसलाई निरन्तरता दिने पक्षमा रहेको बताएका थिए । “हाम्रो सम्बन्ध विशिष्ट र ऐतिहासिक पनि छ, भारत सरकार यो सम्बन्ध निरन्तर राख्न चाहन्छ,” विदेशसचिवको भनाइ उद्धृत गर्दै डा. चालिसेले भने, “नेपालको विकासमा भारत हिजो पनि थियो, आज पनि छ र भोलि पनि रहनेछ ।” 

प्रकाशित मिति: आइतबार, भदौ १, २०८२  १७:३४
प्रतिक्रिया दिनुहोस्