site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
त्रिभुवन आर्मीलाई खप्तड गोल्डकपको उपाधि

धनगढी । विभागीय टोली त्रिभुवन आर्मी क्लबले नेपाल आईस सुदुरपश्चिम खप्तड गोल्डकपको उपाधि जितेको छ । सोमबार भएको फाइनलमा अर्को विभागीय टोली सशत्र प्रहरीको एपीएफ क्लबलाई पेनाल्टी सूटआउटमा ५ – ४ ले पराजित गर्दै आर्मीले उपाधि जितेको हो ।

धनगढी रंगशाला भएको प्रतिस्पर्धात्मक खेलको निर्धारित ९० मिनेट गोलरहित बराबरीमा सकिएपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट गरिएको हो । पेनाल्टी सुटआउटमा एपीएफका सुदिप सिन्क्राकारले गोल गर्न नसक्दा उपविजेतामा चित्त बुझायो । उनको प्रहार पोस्ट बारमा लाग्दै बाहिरिएको थियो । तर, एपीएफका अन्जन बिष्ट, नबिन लामा,रन्जन बिष्ट र पासाङ्ग लामाले गोल गरेका थिए । आर्मीका नवयुग श्रेष्ठ,सन्तोष तामाङ, दिप लामा, दिपक गुरुङ र विवेक बस्नेतले गोल गरेका थिए ।

उपाधिसँगै आर्मीले ट्रफीसहित ११ लाख ११ हजार १११ नगद पुरस्कार प्राप्त गरेको छ । उपविजेता बनेको एपीएफले ५ लाख ५५ हजार ५५५ नगद पुरस्कारमा चित्त बुझाएको छ । खप्तड गोल्डकपको उपाधिसँगै आर्मीले यो बर्ष चौथो उपाधि जितेको छ । आर्मीले यसअघि सताक्षि गोल्डकप,मेची नेत्रालय काकरभिट्टा गोल्डकप र विशाल मेमोरियलको उपाधि जितेको थियो ।

प्रतियोगिताको उत्कृष्ट खेलाडी बन्दै आर्मीका भरत खवासले यमाहा मोटरसाईकल पुरस्कार प्राप्त गरे । त्यस्तै व्यक्तिगत विधातर्फ उकृष्ट गोलरक्षक आर्मीका विकेश कुथु, उत्कृष्ट डिफेन्स एपीएफका टोप बिष्ट, उकृष्ट मिडफिल्डर आर्मीका सन्तोष तामाङ, उदयमान खेलाडी सुदूरपश्चिम ११ का अमानाथ शेख र सर्वाधिक गोलकर्ता एपीएफका अन्जन बिष्ट भए । व्यक्तिगत विधामा उत्कृष्ट हुनेले समान १५–१५ हजार प्राप्त गरेका छन् ।

प्रतियोगितामा आर्मी मनाङ मर्स्याङ्दीलाई ३ – १ ले हराउदै फाइनलमा पुगेको थियो । यता, एपीएफ भने आयोजक सुदूरपश्चिम ११ लाई २ – ० ले हराउदै आर्मीसंगको भेट पक्का गरेको थियो ।

सुदूरपश्चिम स्पोर्ट्स क्लबको आयोजनामा भएको प्रतियोगितामा भुटानको एक टोलीसहित १२ टोलीको सहभागिता रहेको थियो । बिजेता खेलाडीहरुलाई राष्ट्रिय खेलकुद परिषद (राखेप) का सदस्यसचिब केशब कुमार बिष्ट, क्लबका अध्यक्ष सुरेश हमाल, ओलम्पियन दिपक बिष्ट लगायतले पुरस्कृत गरेका थिए ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
प्रकाशित मिति: सोमबार, माघ १, २०७४  १९:०६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Kitchen Concept AdvertisementKitchen Concept Advertisement
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
Hamro patroHamro patro