विशेष
काठमाडौं । १८ वर्षे किशोर केपि खनालको अगुवाइमा काठमाडौँमा सरसफाइ कार्यक्रम भएको छ । तीनकुनेदेखि माइतीघर मण्डलासम्म आयोजना भएको काठमाडौँ सफाइमा पूर्वमन्त्री लालबाबु पण्डित, अनेरास्ववियूकी अध्यक्ष नवीना लामा, अखिल क्रान्तिकारीका अध्यक्ष रञ्जित तामाङ, नेविसंघ अध्यक्ष नैनसिंह महरसमेतले सडकमा कुचो लगाए ।
“म नबदलिएसम्म देश बदलिँदैन” नाम दिएको ‘क्लिन काष्ठमण्डप’ अभियानमा करिब १७ सय सहभागी भएको अभियन्ता खनालले बताए । कैलाली, लम्कीचुहाका १८ वर्षीय खनाल विगत २ महिनादेखि काठमाडौं सफाइमा जुटेका छन् ।
तस्बिर : अर्पना ढुंगाना
यो पनि
१८ वर्षे किशोरको अठोट– काठमाडौं सफा गरेर छाड्छु
प्रकाशित मिति: बिहीबार, पुस २७, २०७४ १४:१०
प्रतिक्रिया दिनुहोस्