राजनीति
काठमाडौं । डा. गोविन्द केसीको मुद्दामा अदालतले बुधबार दिएको आदेशपछि अब मुद्दा प्रधान न्यायाधीशतर्फ नै फर्किएको कानुनविदहरुले बताएका छन् ।
डा. गोविन्द केसीको पक्षमा बहस गरेका कानुनविद ओमप्रकाश अर्यालले अहिलेसम्म एकधारमा रहेको मुद्दा अब प्रधान न्यायाधीशतर्फ पनि फर्किएको बताए । उनले बाह्रखरीसँग कुरा गर्दै अब प्रधान न्यायाधीश पनि छानविनको दायरामा आएको धारणा राखे ।
“उहाँमाथि नैतिक प्रश्न उठ्यो,” उनले भने,“अब उहाँ नेतृत्वमा रहन ठिक हुँदैन । कार्यसम्पादन गर्न मिल्दैन । आफ्नो मुद्दा विचाराधीन रहेको स्थानमै कार्यसम्पादन गर्न मिल्छ कि मिल्दैन भन्ने प्रश्न उहाँमाथि उठेको छ ।”
प्रकाशित मिति: बुधबार, पुस २६, २०७४ २२:१९
प्रतिक्रिया दिनुहोस्