site stats
बाह्रखरी :: Baahrakhari
देश
हेटौँडामा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु, सहचालक घाइते
प्रतीकात्मक तस्बिर ।

मकवानपुर । पूर्वपश्चिम राजमार्गअन्तर्गत मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१५, रातोमाटेस्थित चार्जिङ प्वाइन्टनजिकै मंगलबार (असार १७) बिहान कोइला बोकेको ट्रक दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । सहचालक घाइते छन् ।

भारतको बनारसबाट रिद्दिसिदी सिमेन्ट उद्योगका निम्ति कोइला लिएर आउँदै गरेको यूपी६१एटी ०९६२ नम्बरको ट्रक दुर्घटना भएको हो । दुर्घटनामा ट्रकका चालक भारतको पुरैनियाँका ४५ वर्षीय महेन्द्र यादवको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता श्यामु अर्यालले जानकारी दिए ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

ट्रक बाटोको दाहिने किनारमा पल्टिएको थियो । ट्रकभित्र च्यापिएर अचेत भएको अवस्थामा चालक यादवलाई प्रहरीले उद्धार गरी उपचारका निम्ति हेटौँडा अस्पतालमा पठाइएको थियो । तत्कालै चिकित्सकले मृत घोषणाा गरेको प्रवक्ता अर्यालले बताए ।

दुर्घटनामा परी घाइते भएका सहचालक भारतको सोही स्थानका २६ वर्षीय मनोज यादवको हेटौँडा अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । रासस

प्रकाशित मिति: मंगलबार, असार १७, २०८२  ०८:५९
प्रतिक्रिया दिनुहोस्