
काठमाडौं । गृहमन्त्री रमेश लेखकले अनावश्यक रूपमा बखेडा झिकेर संसद अवरुद्ध पार्ने काम भएको बताएका छन् ।
नेपाल शिक्षक संघले बिहीबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा गृहमन्त्री लेखकले कर्मचारीले गरेको गल्तीलाई सरकार र मन्त्रीसँग जोड्दै अनावश्यक रूपमा बखेडा झिकेर संसद् अवरुद्ध पार्ने काम भएको बताएका हुन् ।
संसद्को अवरोध राजनीतिक पूर्वाग्रह, प्रतिशोध प्रेरित रहेको उनले दाबी गरे । गृहमन्त्री लेखकले भिजिट भिसा प्रकरणमा प्रतिपक्षीले उठाएको विषयको कुनै अर्थ र औचित्य नरहेको भन्दै संसद्को अवरोध चाँडै हट्नुपर्ने धारणा राखे ।
संसद्को अवरोध हटेपछि असार १५ भित्र विद्यालय शिक्षा विधेयक पारित गरेर शिक्षकका माग पूरा गर्ने उनले बताए । हिमालयन टेलिभ्वाइस