site stats
बाह्रखरी :: Baahrakhari
देश
कैलालीमा चट्याङ लागेर एकजनाको मृत्यु
प्रतीकात्मक तस्बिर ।
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

कैलाली । कैलालीमा चट्याङ लागेर एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा गौरीगंगा नगरपालिका–२, झिलका २६ वर्षीय उपेन्द्रबहादुर शाही रहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक राजकुमार सिंहले जानकारी दिए ।

बिहीबार बिहान घर नजिकैको खेतमा हिँडिरहेका शाहीलाई चट्याङ लाग्दा घट्नास्थलमै मृत्यु भएको हो । घटनाबारे अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक सिंहले बताए । रासस

प्रकाशित मिति: बिहीबार, जेठ २९, २०८२  १६:०२
प्रतिक्रिया दिनुहोस्