देश

काठमाडौं । कोसी प्रदेशका केही स्थानमा भारी वर्षा भइरहेको छ । पछिल्लो तीन घण्टामा झापा आसपास भारी वर्षा मापन गरिएको छ । बुधबार राति १०:५५ बजे झापास्थित बाहुनडाँगी वर्षामापन केन्द्र र आसपासको क्षेत्रमा भारी वर्षा मापन भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
विभागका अनुसार, थप वर्षा हुने सम्भावना छ । झापा भएर बहने निन्दा खोला, मेची नदी र स–साना खोलाहरूमा बहाब बढ्न सक्ने भएकोले तटीय क्षेत्र तथा डुबान भइरहने होचा भू–भागमा रहनेले बिहीबार बिहानसम्म सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ ।
प्रकाशित मिति: बुधबार, जेठ २८, २०८२ २३:४५
प्रतिक्रिया दिनुहोस्