site stats
बाह्रखरी :: Baahrakhari
देश
सुनसरी आसपास भारी वर्षा मापन, तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

काठमाडौं । पछिल्लो एक घण्टामा सुनसरी आसपास भारी वर्षा मापन गरिएको छ । बुधबार बेलुका ८:२५ बजे सुनसरीस्थित धरान बजार र तरहरा वर्षामापन केन्द्र तथा आसपासको क्षेत्रमा भारी वर्षा मापन भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

थप वर्षा हुने सम्भावना रहेकोले सुनसरी, मोरङ जिल्ला भइ बहने स–साना खोलाहरूमा बहाब बढ्न सक्ने भएकोले तटीय क्षेत्र तथा डुबान भइरहने होचा भू–भागमा रहनेले सतर्कता अपनाउन विभागले जनाएको छ । 

प्रकाशित मिति: बुधबार, जेठ २८, २०८२  २०:४८
प्रतिक्रिया दिनुहोस्