site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
संसद् खुलाउन माओवादीको दुईबुँदे ड्राफ्ट : सत्तापक्ष सहमत, रास्वपा असहमत

काठमाडौं । नेकपा माओवादी केन्द्रले संसद्को गतिरोध खुलाउन दुईबुँदे सहमतिको ड्राफ्ट तयार गरेको छ ।

नेकपा एमालेका सचिव योगेश भट्टराईले सहमतिका लागि माओवादीले दुईबुँदे सहमतिको ड्राफ्ट छलफलमा ल्याएको र त्यसमा आफूहरू सहमत रहेको बताए ।  बुधबार संसद् भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै भट्टराईले माओवादीको ड्राफ्टमा आफूहरूको सहमति रहे पनि रास्वपाको असहमति देखिएको उल्लेख गरे । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

रास्वपाले ल्याएको ड्राफ्टमा भने एमालेको असहमति रहेको उनले बताए । भट्टराईले प्रतिपक्षी दलले समान धारणा बनाउनका लागि समय माग गरेकाले बुधबारको सदन स्थगित गरेर बिहीबार ३ बजेका लागि बोलाइएको बताए । 

उनले लामो समय संसद् अवरुद्ध हुन नसक्ने भएकाले अब संसद् नियमित कार्यसूचीमा प्रवेश गर्ने दाबी गरे । हिमालयन टेलिभ्वाइस

प्रकाशित मिति: बुधबार, जेठ २८, २०८२  १७:३१
प्रतिक्रिया दिनुहोस्