
काठमाडौं । नेपाल प्रहरीको डीएसपी हुँ भनी ठगी गरेको अभियोगमा दुईजनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा काभ्रेपलाञ्चोक चौँरीदेउराली गाउँपालिका–८ बस्ने ४५ वर्षीय ज्ञानबहादुर लामा भन्ने ज्ञानु तामाङ र काठमाडौं कलंकी बस्ने सुनसरी इटहरी उपमहानगरपालिका–४ पाँचघरे घर भएका ४२ वर्षीय रेवती ओझा रहेका छन् ।
नेपाल प्रहरीको डीएसपी हुँ भनी प्रहरी हिरासतमा रहेका व्यक्तिको मुद्दा मिलाइदिने भन्दै ६ लाख रुपैयाँ ठगी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न उनीहरूलाई पक्राउ गरेको हो ।
उनीहरूउपर जिल्ला अदालत काठमाडौंबाट पाँच दिन म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।