देश

काठमाडौं । मोरङमा १५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा एकजना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा सुन्दरहरैँचा नगरपालिका–४ बस्ने ५७ वर्षीय अशोककुमार धामी थारू रहेका छन् । उनलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।
अशोकले ती बालिकालाई बलात्कार गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
प्रकाशित मिति: बुधबार, जेठ २८, २०८२ १६:०८
प्रतिक्रिया दिनुहोस्