
काठमाडौं । अमेरिकी अर्बपति व्यापारी एलन मस्कले आफूले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि आरोप लगाएर गल्ती गरेको बताएका छन् । उनले अघिल्लो हप्ता राष्ट्रपति ट्रम्पबारे लेखेका केही पोस्टका लागि माफी पनि मागेका छन् ।
ट्रम्पविरुद्ध आरोप लगाउने क्रममा आफूले सीमा नाघेको उनको भनाइ छ ।
मस्क र ट्रम्पबीचको तनाव गत हप्तादेखि सुरु भएको थियो । गत बुधबार तनाव बढेर बिहीबारसम्म धेरै अगाडि बढिसकेको थियो । त्यसक्रममा मस्कले ट्रम्पविरुद्ध विभिन्न आरोप लगाएका थिए ।
उता ट्रम्पले संघीय सरकारसँग मस्कका ठूला व्यावसायिक सम्झौतालाई लिएर धम्की दिएका थिए ।
गत वर्ष भएको अमेरिकी राष्ट्रपतीय चुनावमा मस्कले ट्रम्पलाई जोडबलका साथ समर्थन गरेका थिए । ट्रम्पले राष्ट्रपति बनेपछि मस्कलाई सरकारी कार्यदक्षता विभागको प्रमुख नियुक्त गरेका थिए ।
बीबीसी हिन्दीबाट ।