site stats
बाह्रखरी :: Baahrakhari
विदेश
एयर इन्डिया विमान दुर्घटना : टाटा समूहले मृतकका परिवारलाई एक करोड दिने

काठमाडौं । टाटा समूहले अहमदाबादमा भएको एयर इन्डिया विमान दुर्घटनामा मृत्यु हुनेका परिवारलाई प्रतिव्यक्ति एक करोड रुपैयाँ दिने घोषणा गरेको छ । एयर इन्डिया टाटा समूहको कम्पनी हो । 

टाटा समूहले घाइतेहरूको उपचारको सम्पूर्ण खर्च कम्पनीले बेहोर्ने र उनीहरूलाई आवश्यक सबै सहयोग सुनिश्चित गर्ने पनि बताएको छ ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

कम्पनीले टाटा सन्स र एयर इन्डियाका अध्यक्ष एन चन्द्रशेखरनले एक्समा एक विज्ञप्ति जारी गर्दै भनेका छन्, "एयर इन्डियाको उडान १७१ सँग सम्बन्धित भयानक घटनाबाट हामी दुःखी छौँ । यस क्षणमा हामीले महसुस गरिरहेको दुःख शब्दमा व्यक्त गर्न सकिँदैन ।"

"हाम्रा विचार र प्रार्थनाहरू आफ्ना प्रियजनहरू गुमाएका परिवारहरू र घाइते भएकाहरूसँग छन्," विज्ञप्तिमा भनिएको छ, "टाटा समूहले यस दुर्घटनामा ज्यान गुमाउने प्रत्येक व्यक्तिको परिवारलाई एक करोड रुपैयाँ क्षतिपूर्ति प्रदान गर्नेछ । हामी घाइतेहरूको उपचारको खर्च बहन गर्नेछौँ र उनीहरूलाई आवश्यक सबै हेरचाह र सहयोग सुनिश्चित गर्नेछौँ । यसबाहेक, हामी बीजे मेडिकलको लागि होस्टेल निर्माणमा मद्दत गर्नेछौँ ।"

अहमदाबादमा एयर इन्डियाको यात्रुवाहक विमान दुर्घटनामा परी कम्तीमा २०४ जनाको मृत्यु भएको छ ।

प्रकाशित मिति: बिहीबार, जेठ २९, २०८२  २३:२७
प्रतिक्रिया दिनुहोस्