
काठमाडौं । पछिल्लो एक घण्टामा कोसी र वाग्मती प्रदेशका केही स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भएको छ । बुधबार राति झापाको एक–दुई स्थानमा भारी वर्षा मापन भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
विभागका अनुसार, सो वर्षा गराउने प्रणाली दक्षिण–पश्चिम दिशातर्फ सर्दै गइरहेकोले आसपासका क्षेत्रमा समेत मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना छ ।
गण्डकी प्रदेशका एक–दुई स्थानमा समेत हल्का वर्षा भएको र बाँकी स्थानहरूमा समेत बदली र वर्षा हुने सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ ।
"वर्षा गराउने प्रणाली दक्षिण–पश्चिम दिशातर्फ सर्दै गइरहेकोले आसपासका क्षेत्रमा समेत मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना छ । आवश्यक सतर्कता अपनाउन अनुरोध छ," विभागले सूचना जारी गर्दै भनेको छ ।