site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
मधेस सरकारको नीति तथा कार्यक्रम सर्वसम्मतले पारित

धनुषा । मधेस प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम सर्वसम्मतले पारित भएको  छ । प्रदेशसभाको मंगलबारको बैठकले नीति तथा कार्यक्रम सर्वसम्मतले पारित गरेको हो ।  

मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले आर्थिक वर्ष २०८२/८३ को लागि प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीद्वारा प्रदेशसभामा प्रस्तुत नीति तथा कार्यक्रम पारित गरियोस् भनि प्रस्ताव पेस गरेका थिए ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

नीति तथा कार्यक्रममाथि प्रदेशसभामा दुई दिन  छलफल भएको थियो । यसअघि मुख्यमन्त्री सिंहले छलफलका क्रममा प्रदेशसभा सदस्यहरूले उठाएका प्रश्नको जवाफ दिएका थिए ।

सभामुख रामचन्द्र मण्डलले ध्वनि मतको आधारमा पारित गर्न बैठकमा निर्णयार्थ प्रस्ताव पेस गरेका थिए । प्रस्तावको विपक्षमा कुनै सदस्यले पनि मत जाहेर नगरेपछि उनले सर्वसम्मत पारित भएको घोषणा गरे ।

यसअघि प्रदेशसभामा चार प्रदेशसभा सदस्यले नीति तथा कार्यक्रममा संशोधन प्रस्ताव दर्ता गराएका थिए । सभामुख मण्डलले उक्त प्रस्ताव फिर्ता लिन आग्रह गर्दा फिर्ता नलिएपछि निर्णयार्थ प्रस्तुत गर्दा सभाको बहुमतले अस्वीकृत गरेको थियो । रासस

प्रकाशित मिति: मंगलबार, जेठ २७, २०८२  २३:०७
प्रतिक्रिया दिनुहोस्