site stats
बाह्रखरी :: Baahrakhari
विदेश
इटालीमा जनमतसंग्रह असफल
Argakhachi Cement Island Ad

काठमाडौं । इटालीमा नागरिकता नियम सजिलो बनाउने र श्रम सुरक्षा बलियो बनाउने जनमतसंग्रह असफल भएको छ । दक्षिणपन्थी प्रधानमन्त्री जोर्जिया मेलोनीले मतदाताहरूलाई मतदान बहिष्कार गर्न प्रोत्साहित गरेपछि यो नतिजा आएको अलजजिराले जनाएको छ ।
 
सोमबार मतदान समाप्त हुँदा धेरै नागरिकहरूले मेलोनीको आह्वान मानेको देखिएको थियो । दुई दिनको मतदानमा ३० प्रतिशत मतदाताले मतदान गरे । यो कानुनीरूपमा बाध्यकारी बनाउन आवश्यक ५० प्रतिशतभन्दा धेरै कम हो ।

यो नतिजा मध्ये–बाम विपक्षीको लागि स्पष्ट हार भएको बताइएको छ । यसले इटालीको नागरिकताको लागि आवश्यक बसोबासको अवधि १० वर्षबाट घटाएर ५ वर्ष पार्ने र एक दशकअघि लागु गरिएको श्रम बजार उदारीकरण उल्टाउने प्रस्ताव गरेको थियो ।
 
प्रधानमन्त्री मेलोनीले नागरिकता प्रस्तावहरूको विरोध गर्दै मतदान केन्द्रमा जाने तर मतदान नगर्ने घोषणा गरेकी थिइन् । मेलोनी सरकारको उद्देश्य अनियमित आप्रवासन घटाउने हो । तर यसले आप्रवासी वर्क भिसाको संख्या बढाएको छ ।

कानुनमा परिवर्तनले लगभग २५ लाख विदेशी नागरिकलाई प्रभाव पार्ने थियो । सीएनएन
 

प्रकाशित मिति: मंगलबार, जेठ २७, २०८२  ०७:०७
प्रतिक्रिया दिनुहोस्