
काठमाडठौं । चलचित्र ‘सिटामोल’का तीन नयाँ पोस्टर सार्वजनिक भएका छन् । सार्वजनिक तीनमध्ये एक पोस्टरमा सौगात मल्ल, वेनिशा हमाल र बाल कलाकार करण नेपाली भावुक मुहारमा देखिएका छन् ।
अर्को पोस्टरमा सौगात र वेनिशासहित श्री कृष्ण निरौला, जानुका विश्वकर्मा र लोकेन्द्र लेखक आआफ्नो क्यारेक्टर लुक्समा छन् । थप अर्को पोस्टरमा सिनेमाका मुख्य कलाकार सौगात मात्रै छन् । उनी वैशाखीमा निराश भावमा कतै हिडिरहेका छन् ।
साउन २३ गतेबाट प्रदर्शनमा आउने सिनेमामा सौगात, वेनिशा, श्री कृष्ण, जानुका, करण र लोकेन्द्रसँगै भुगोल कार्की, हिउँवाला गौतम, सुशील पोखरेललगायत कालकारको अभिनय छ ।
राज बहादुर सानेको निर्देशन रहेको ‘सिटामोल’ले नेपाल र आम नेपालीको जनजीवन र परापूर्वकालदेखि नेपाली समाजमा जरा गाडेर बसेको कुसंस्कारलाई देखाउने बताइएको छ ।
तुल्सी देवी फिल्म प्रालीले जुनतारा फिल्मस्को सहकार्यमा निर्माण भएको सिनेमाको कथा प्रदीप भारद्वाज र निर्देशक सानेले लेखेका हुन् । सिमोस सुनुवारको प्रस्तुति रहेको सिनेमामा भुगोल कुमार कार्की र विकाश राज जोशी निर्माता तथा अप्सरा नेपाली, अजय मल्ल र कुमार केसी कार्यकारी निर्मातामा छन् ।