site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
माधव नेपालमाथि प्रतिशोध लिइयो, हाम्राविरुद्ध अर्को षडयन्त्रको घटना : एकीकृत समाजवादी

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)ले पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालमाथि राजनीतिक प्रतिशोधका आधारमा मुद्दा चलाएको ठहर गरेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट पतन्जली जग्गा प्रकरणमा अध्यक्ष नेपालमाथि मुद्दा दायर गरेपछि समाजवादीले बिहीबार पार्टीको प्रारम्भिक धारणा प्रस्तुत गरेको हो । 

"वर्तमान सरकारले राजनीतिक बदलाको भावनाबाट प्रेरित रही हाम्रो पार्टीविरुद्ध विगतदेखि नै षडयन्त्रहरू गर्दै आएको कुरा विभिन्न बेलामा देखिएको र तिनलाई हामीले सार्वजनिक गर्दै आएका थियौँ । यो हाम्राविरुद्ध अर्को षडयन्त्रको घटना हो भन्ने हाम्रो ठहर छ । त्यस्तो कुनै पनि षडयन्त्रको प्रतिवाद गरिने छ," पार्टीले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

Argakhachi Cement Island Ad

घटनामा विषयमा पार्टी अध्यक्ष माधवकुमार नेपालले 'नबिराउनु, नडराउनु' भनेर आफ्नो प्रारम्भिक धारणा सार्वजनिक गरेको महासचिव घनश्याम भुसालद्वारा जारी विज्ञप्तिमा भनिएको छ । 

"अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दर्ता गरेको मुद्दाका बारेमा गरिने कुनै पनि कुप्रचार र भ्रममा नपर्न पार्टी सबैमा अनुरोध गरिन्छ," जारी विज्ञप्तिमा भनिएको छ । 

प्रकाशित मिति: बिहीबार, जेठ २२, २०८२  २०:०८
प्रतिक्रिया दिनुहोस्