site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
गृहमन्त्रीको राजीनामा आउँदैन, छानबिन समिति पनि गठन हुँदैन : महेश बर्तौला

काठमाडौं । नेकपा एमालका प्रमुख सचेतक महेश बर्तौलाले भिजिट भिसा प्रकरणमा प्रतिपक्षी दलले राखेका माग पूरा गर्न असम्भव रहेको बताएका छन् । 

संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै बर्तौलाले भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको राजीनामा नआउने र प्रतिपक्षीले भनेजस्तो छानबिन समिति पनि गठन हुन नसक्ने स्पष्ट पारे । 

Argakhachi Cement Island Ad

उनले गृहमन्त्रीलाई संसद्बाट जवाफ दिन वातावरण बनाउनुपर्ने र विपक्षीले पहिले गृहमन्त्रीको कुरा सुन्नुपर्ने बताए । 

संसद्को गतिरोध कायम राख्ने नियतका साथ प्रतिपक्षीले हल्का रूपमा अपरिपक्व तरिकाले राखेको विषयलाई पुनर्विचार गर्नुपर्ने उनले बताए । 

बर्तौलाले सरकारलाई रोकेर प्रतिपक्षीले संसद्लाई बन्धक बनाउन नमिल्ने धारणा राखे ।

विपक्षीको अवरोधका कारण बुधबारको संसद् बैठक चल्न सकेन । बैठक भोलि १ बजेका लागि सारिएको छ ।हिमालयन टेलिभ्वाइस

प्रकाशित मिति: बुधबार, जेठ २१, २०८२  १७:१२
प्रतिक्रिया दिनुहोस्