राजनीति

काठमाडौं । सभामुख देवराज घिमिरेले सदन सञ्चालनबारे प्रमुख सचेतकसँग गरेको छलफल निष्कर्षविहीन बनेको छ ।
प्रतिनिधिसभाको बैठकपूर्व सभामुख घिमिरेले सदन अवरोधबारे प्रमुख सचेतकसँग छलफल गरेका थिए । तर, सत्तापक्ष र विपक्षी दलले अडान नछाडेपछि बैठक निष्कर्षविहीन बनेको हो ।
विपक्षी दलहरूले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकमाथि छानबिन गर्न समिति गठन गर्नुपर्ने माग गरिरहेका छन् । तर, सत्तापक्ष समिति गठन गर्न तयार छैन ।
प्रकाशित मिति: बुधबार, जेठ २१, २०८२ १४:१८
प्रतिक्रिया दिनुहोस्