राजनीति

काठमाडौं । विपक्षी दलका नेताको बैठक सुरु भएको छ । मंगलबार (जेठ २०) संसद् बैठक सुरु हुनुअघि विपक्षी नेताहरू छलफलमा जुटेका हुन् ।
नयाँ बानेश्वरस्थित नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को कार्यकक्षमा बैठक बसेको छ । बैठकमा माओवादी, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), नेकपा (एकीकृत समाजवादी)का नेताहरू सहभागी छन् ।
विपक्षी दलले ‘भिजिट भिसा’ प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दै आएका छन् । सदनमा कसरी प्रस्तुत हुने भन्ने रणनीति तय गर्न बैठक बसेको नेताहरूले बताएका छन् ।
प्रतिनिधिसभा बैठक आजै बिहान ११ बजे बस्ने तय छ । तर, विपक्षी नेताको छलफलका कारण बैठक सुरु हुन ढिलाइ हुनसक्छ ।
प्रकाशित मिति: मंगलबार, जेठ २०, २०८२ १०:५४
प्रतिक्रिया दिनुहोस्