
काठमाडौं । कैलालीमा बलात्कार आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा टीकापुर नगरपालिका–१, वनगाउँ दक्षिण पुरुवाका २३ वर्षीय ओमप्रकाश घर्तीमगर छन् ।
१८ वर्षीया एक किशोरीको बलात्कार गरेको उनीमाथि आरोप छ । सोमबार (जेठ १७) बिहान उनलाई पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जानकारी गराएको छ ।
घर्तीमगरले ती किशोरीको बलात्कार गरेको भन्ने उजुरीका आधारमा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
बालिकाको बलात्कार आरोपमा पक्राउ
बर्दियामा पनि बलात्कार आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा गुलरिया नगरपालिका–२ का २० वर्षीय चन्द्रबहादुर सुनार छन् ।
१५ वर्षीया एक बालिकाको बलात्कार गरेको उनीमाथि आरोप छ । आइतबार (जेठ १८) साँझ उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।