देश

झापा । झापाको कमल गाउँपालिका–३, रतुवामाई जंगलमा विद्युत् प्रवाह चुहावट (करेन्ट) हुँदा जंगली हात्तीको मृत्यु भएको छ ।
डिभिजन वन कार्यालयका वन अधिकृत जीवन पाठकका अनुसार, गए राति (जेठ १९) हात्तीले विद्युत् पोलमा धक्का दिएको थियो । त्यसक्रममा पोलमा जोडिएको विद्युत् तार खस्दा हात्तीको मृत्यु भएको हो ।
उनले करेन्टबाट हात्तीको सुँड र एउटा दाँत जलेको अवस्थामा भेटिएको जानकारी दिए । डिभिजन वन कार्यालयबाट घटनास्थलमा प्राविधिक टोली खटिएको वन अधिकृत पाठकले बताए । रासस
प्रकाशित मिति: मंगलबार, जेठ २०, २०८२ ०९:१०
प्रतिक्रिया दिनुहोस्