site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
भरतपुर महानगरमा गठन हुन सकेन न्यायिक समिति
Sarbottam CementSarbottam Cement

चितवन । स्थानीय तहमा न्यायिक समिति गठन गरेर केही खास मुद्दा मामिलामा न्याय निसाफ दिने व्यवस्था रहेको छ । तर चितवनको भरतपुर महानगर र खैरहनी नगरपालिकामा समिति नै गठन हुन सकेको छैन ।

चितवनमा भरतपुर महानगरसहित पाँच नगरपालिका र एक गाउँपालिका गरी सात स्थानीय तह छन् । उपप्रमुखको संयोजकत्वमा दुई जना सदस्य रहने गरी प्रत्येक स्थानीय तहमा न्यायिक समिति गठन हुने गर्छ ।

संविधानले निर्वाचन भएको १५ दिनभित्र स्थानीय तहको कार्यपालिकाको निर्वाचन हुनुपर्ने र सो निर्वाचनसँगै न्यायिक समिति पनि गठन गर्नुपर्ने व्यवस्था गरेको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

खैरहनी नगरपालिकाकी उपमेयर सुनिता थपलिया भन्छिन्, “कार्यविधि के हो प्रष्ट नभएका कारण हाम्रो नगरपालिकामा न्यायिक समिति गठन हुन सकेको छैन ।”

भरतपुर महानगरपालिकामा पनि न्यायिक समिति अझैसम्म गठन भएको छैन । भरतपुर महानगरकी उपमेयर पार्वती शाह भन्छिन्, “हाम्रो नगरसभाको कार्यक्रम छ । साधारण सभाबाटै एउटा टुंगोमा पुग्छौं । अहिलेसम्म समिति गठन भने भएको छैन ।”

Global Ime bank

गठन भएका नगरपालिकामा पनि के गर्ने भन्ने अन्योल देखिएको छ ।

कालिका नगरपालिकाकी उपमेयर तथा न्यायिक समितिकी संयोजक कमला भट्टराईले भनिन्, “समिति गठन भएपछि दुई दिनको सामान्य तालिम लिएका हौं । यसले मात्रै पुग्दो रहेनछ । कानुनका विषयमा धेरै कुरा जान्नुपर्ने भएकाले विशेष तालिम आवश्यक छ ।”

यस्तै राप्ती नगरपालिकाका उपमेयर इमानसिंह लामा भन्छन्, “कानुनका कुराहरु हामीले नै जानेका छैनौं । दुई दिन तालिमका भरमा राम्रोसँग काम गर्न सकिँदैन ।”

माडी नगरपालिकाकी उपमेयर तारा काजीमहतो भन्छिन्, “नगरपालिकामा मुद्दा र निवेदनको चाप बढ्न थालेको छ । छिटो र प्रष्ट रुपमा न्याय दिन थप ज्ञान लिनै पर्ने देखेको छु ।”

इच्छाकामना गाउँपालिकामा पनि न्यायिक समिति क्रियाशील भएको र मुद्दा मामिला र निवेदनहरुमाथि मिलापत्र गराउन थालेको उपप्रमुख कीर्तिकुमार श्रेष्ठ बताउँछन् । 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, पुस २३, २०७४  १६:३०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय