site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
भेरी नदीमा ट्याक्टर खस्दा दुईजनाको मृत्यु, तीन घाइते
प्रतीकात्मक तस्बिर ।
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

त्रिवेणी (रुकुम पश्चिम) । रुकुम पश्चिमको आठविसकोट नगरपालिका–१४, छेपारे नजिकै भेरी नदीमा ट्याक्टर खस्दा दुईजनाको मृत्यु भएको छ । सो दुर्घटनामा तीनजना घाइते भएका छन् ।

आठविसकोटदेखि जाजरकोट रिम्नातर्फ जाँदै गरेको नम्बर नखुलेको ट्याक्टर आज दिउँसो भेरी नदीमा खसेको हो । दुर्घटनामा ट्याक्टर चालक आठविसकोट–१४ का २२ वर्षीय विकास खड्का र सोही ठाउँका १८ वर्षीय हरि शर्माको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका सूचना अधिकारी एवं प्रहरी निरीक्षक विष्णुप्रसाद श्रेष्ठले जानकारी दिए ।

दुर्घटनामा घाइते तीनजनाको मिसन अस्पताल चौरजहारीमा उपचार भइरहेको छ । घाइतेको पहिचान खुल्न सकेको छैन । ट्याक्टर सडकदेखि १५० मिटर तल भेरी नदीमा खसेको हो । दुर्घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । रासस

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, वैशाख २८, २०८१  १४:५६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय