site stats
बाह्रखरी :: Baahrakhari
खेल
एसीसी महिला इमर्जिङ एसिया कप स्थगित

काठमाडौं । श्रीलंकामा हुने तालिका रहेको एसीसी महिला इमर्जिङ एसिया कप स्थगित भएको छ । सोमबार एसियन क्रिकेट काउन्सिल (एसीसी)ले श्रीलंका क्रिकेट बोर्डको प्रस्तावमा अर्काे तालिका सार्वजनिक नभएसम्मका लागि प्रतियोगिता स्थगित भएको जनाएको हो । 

श्रीलंकाले प्रतिकूल मौसमको कारण देखाउँदै प्रतियोगिता स्थगित गर्न प्रस्ताव गरेको एसीसीले जनाएको छ । तर, एसीसीले तत्कालका लागि मात्र स्थगित गरिएको जनाउँदै प्रतियोगिताले निरन्तरता पाउने जानकारी दिएको छ ।

Argakhachi Cement Island Ad

“एसीसी सीप विकास गर्न र उत्कृष्ट लयमा प्रतिस्पर्धा गर्न चाहने महिला क्रिकेटरहरूको निम्ति सधैँ प्रतिबद्ध छ । हामी विभिन्न प्रतियोगितामार्फत एसियामा महिला क्रिकेटरहरूको सपनालाई आकार दिने रणनीतिक महत्त्वको बारेमा सजक छौँ । हामी प्रतियोगिताको नयाँ तालिका छिट्टै सार्वजनिक गर्नेछौँ,” एसीसीद्वारा जारी विज्ञप्तिमा अध्यक्ष मोहसिन राजा नाक्वीलवे लेखेका छन् ।

यसअघि एसीसीले श्रीलंकामा आगामी जुन ६ देखि प्रतियोगिता आयोजना गर्ने तय गरेको थियो । प्रतियोगिातामा भारत ‘ए’, बंगलादेश ‘ए’, पाकिस्तान ‘ए’, श्रीलंका ‘ए’, युनाइटेड अरब इमिरेट्स (यूएई), नेपाल, हङकङ र मलेसियाले सहभागिता जनाउने तालिका थियो ।

 

प्रकाशित मिति: सोमबार, जेठ १९, २०८२  १८:५५
प्रतिक्रिया दिनुहोस्