site stats
बाह्रखरी :: Baahrakhari
देश
अफताब आलमलाई मस्तिष्कघात, अस्पताल भर्ना
फाइल तस्बिर ।
Argakhachi Cement Island Ad

काठमाडौं । नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री अफताब आलम अस्पताल भर्ना भएका छन् । कारागारबाट केही दिनअघि मात्रै छुटेका आलमलाई मस्तिष्कघात भएपछि शुक्रबार बिहान अस्पताल पुर्‍याइएको थियो । 

हाल आलमको माइतीघरस्थित अन्नपूर्ण न्युरो अस्पतालमा उपचार भइरहेको उनीनिकट स्रोतले जनाएको छ । 

बम विस्फोटको घटनामा घाइते भएका भनिएका पिन्टु भनिने त्रिलोकप्रसाद सिंह र ओशी अख्तरलाई इँट्टाभट्टामा जलाइएको घटनामा कारागारमा रहेका आलमलाई यही जेठ १४ गते उच्च अदालतले सफाइ दिएको थियो । 
 

प्रकाशित मिति: शुक्रबार, जेठ १६, २०८२  १९:१०
प्रतिक्रिया दिनुहोस्