देश
काठमाडौं । झापाको दमकमा रहेको इलाका प्रहरी कार्यालयको प्रहरी हिरासतमा रहेका एक अभियुक्तले आत्महत्या गरेका छन् ।
श्रीमती हत्याको आरोपमा अनुसन्धानका लागी प्रहरी हिरासतमा रहेका झापा गौरीगञ्ज गाउँपालिका–३ का ५१ वर्षीय हरिनारायण यादवले शनिबार प्रहरी कार्यालयको शौचालयमा झुन्डिएरु आत्महत्या गरेको अवस्थामा फेला परेको प्रहरीले जानकारी दिएको छ ।
यादव झुुण्डीएको अवस्थामा आइतबार बिहान फेला परेको प्रहरीले जानकारी दिएको छ । यादव गत पुस ५ गते पक्राउ परेका थिए । शौचालय गएका यादव लामो समयसम्म
ननिस्किएपछि चिहाएर हेर्दा झुण्डिएको अवस्थामा भेटेको इलाका प्रहरी कार्यालय दमकका डिएसपी दीपक गिरीले जानकारी दिए ।
प्रकाशित मिति: आइतबार, पुस २३, २०७४ ११:५४
प्रतिक्रिया दिनुहोस्