site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
वन तथा वातावरण मन्त्रालयको लागि १८ अर्ब ६१ करोड रुपैयाँ विनियोजन
Argakhachi Cement Island Ad

काठमाडौं । वन तथा वातावरण मन्त्रालयको लागि १८ अर्ब ६१ करोड रुपैयाँ विनियोजन भएको छ । आर्थिक वर्ष २०८२/०८३ को बजेट भाषणका क्रममा उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले यस्तो बताएका हुन् । 

उनका अनुसार वन डढेलोको रोकथाम तथा सचेतनाका लागि समुदायस्तरमा सचेतना अभियान सञ्चालन गरिनेछ । डढेलो लगाउने व्यक्तिलाई कानुनको दायरामा ल्याउन सूचना दिने र निभाउन योगदान गर्ने व्यक्ति तथा समुदायलाई पुरस्कृत गर्ने बताए ।
 

प्रकाशित मिति: बिहीबार, जेठ १५, २०८२  १७:०६
प्रतिक्रिया दिनुहोस्