site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
जलरिका प्रतिष्ठानबाट तीन सम्मानको घोषणा
Argakhachi Cement Island Ad

काठमाडौं । जलरिका साहित्य प्रतिष्ठानले हरेक वर्ष प्रदान गर्दै आएको ‘बुद्धि–रेशम स्मृति सम्मान–२०८२’को घोषणा गरेको छ ।

प्रतिष्ठानका महासचिव रोशन थापा ‘नीरव’ले फेसबुकमा जानकारी गराएअनुसार यस वर्ष समालोचना विधातर्फ प्रा.डा. दयाराम श्रेष्ठलाई, आख्यान विधातर्फ आख्यानकार नारायण ढकाललाई र चित्रकला विधातर्फ अग्रज चित्रकार हरिप्रसाद शर्मालाई उक्त सम्मान प्रदान गरिनेछ ।
 
सम्मानका साथ हरेक स्रष्टालाई नगद राशि जनही एक–एक लाख रुपैयाँ प्रदान गरिने पनि जनाइएको छ ।

घोषित सम्मान यही जेठ ३० गते शुक्रबार प्रदान गरिने जनाइएको छ । 

प्रकाशित मिति: बिहीबार, जेठ १५, २०८२  १२:२५
प्रतिक्रिया दिनुहोस्