site stats
बाह्रखरी :: Baahrakhari
देश
आज र भोलि कहाँ–कहाँ पर्छ पानी ?

काठमाडौं । जल तथा मौसम विज्ञान विभागका अनुसार आज राति देशभर आंशिकदेखि साधारणतया बदली रहिरहनेछ । 

हाल देशको पश्चिम र मध्य भूभागमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ भने कोसी प्रदेशका अधिकांश भूभागमा मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

Argakhachi Cement Island Ad

महाशाखाका अनुसार आज राति कोसी प्रदेशको केही स्थानमा, मधेस, बागमती र गण्डकी प्रदेशलगायत देशका पहाडी भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । बाँकी भूभागका एक–दुई स्थानमा पानी पर्न सक्ने जनाइएको छ ।

कोसी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखले जनाएको छ । कोसी प्रदेशकै उच्चपहाडी तथा हिमाली भूभागका थोरै स्थानमा र बाँकी उच्चपहाडी तथा हिमाली भूभागका ‍एक–दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ ।

भोलि दिउँसो कोसी, मधेस, बागमती, गण्डकी प्रदेशलगायत देशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदली रहनेछ । 

कोसी प्रदेशका केही स्थानमा र मधेसलगायत देशको पहाडी भूभागका थोरै स्थानमा र बाँकी भूभागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । 

भोलि कोसी प्रदेशको एक–दुई स्थानमा भारी वर्षाको समेत सम्भावना छ । देशका उच्चपहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

प्रकाशित मिति: शुक्रबार, जेठ १६, २०८२  २३:२६
प्रतिक्रिया दिनुहोस्