साहित्य
साहित्यकार विजय चालिसेको निधन

काठमाडौं । साहित्यकार तथा पत्रकार विजय चालिसेको निधन भएको छ । शुक्रबार बिहान उपचारको क्रममा ७४ वर्षको उमेरमा उनको निधन भएको हो ।
नेपाली आख्यान साहित्यमा क्रियाशील चालिसे गोरखापत्रका पूर्व कायममुकायम प्रधानसम्पादक तथा गोरखापत्र संस्थानका पूर्वकार्यकारी अध्यक्षसमेत थिए ।
प्रख्यात आख्यानकार रमेश विकलका सुपुत्र चालिसेका दर्जनौँ कृति प्रकाशित छन् ।
प्रकाशित मिति: शुक्रबार, जेठ १६, २०८२ १२:३३
प्रतिक्रिया दिनुहोस्