site stats
बाह्रखरी :: Baahrakhari
देश
२० हजार अमेरिकी डलरसहित आर्मेनियाका नागरिक पक्राउ
Argakhachi Cement Island Ad

काठमाडौं । २० हजार अमेरिकी डलरसहित आर्मेनियाका नागरिक पक्राउ परेका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय उडानतर्फको प्रस्थान एरियाबाट आइतबार आर्मेनियाका नागरिक ४० वर्षीय उसाकोभ एन्ड्री पक्राउ परेका हुन् । 

उक्त परिमाणको अमेरिकी डलर अवैध रूपमा बाह्य मुलुकतर्फ लैजान लागेको अवस्थामा उनलाई प्रहरीले पक्राउ गरेको हो । टर्किस एयरलाइन्सको उडानद्वारा काठमाडौंबाट स्तानबुल जान लागेका उनलाई जाँच गर्ने क्रममा उनको साथमा रहेको सुटकेसबाट उक्त अमेरिकी डलर फेला पारी पक्राउ गरेको प्रहरीले जनाएको छ । 

उनलाई आवश्यक अनुसन्धान एवं कानुनी कारबाहीका लागि राजस्वव अनुसन्धान विभाग हरिहर भवन पुल्चोक ललितपुर पठाइएको छ ।

प्रकाशित मिति: आइतबार, जेठ ११, २०८२  २०:५७
प्रतिक्रिया दिनुहोस्