
सर्लाही । सर्लाहीमा दुई मोटरसाइकल आपसमा ठोक्किँदा दुवै चालकको मृत्यु भएको छ ।
मंगलबार (जेठ ६) क्षेत्रीय सडकखण्डअन्तर्गत वाग्मती नगरपालिका–४, जिरायतमा प्रदेश ३–०२–००६ प ७८६८ र विपरीत दिशाबाट आउँदै गरेको बा५६प ५२६ नम्बरको मोटरसाइकल आपसमा ठोक्किएका थिए । दुर्घटनामा ५२६ नम्बरको मोटरसाइकलका चालक रौतहटका ३३ वर्षीय नागेन्द्र साह सोनार र अर्का चालक काठमाडौं महानगरपालिका–२३, वसन्तपुरका ३० वर्षीय विवेक मानन्धरको मृत्यु भएको हो ।
दुर्घटनालगत्तै स्थानीय मोडल अस्पतालमा उनीहरूको सामान्य उपचार गरिएको थियो । थप उपचारनिम्ति पर्साको वीरगन्ज लैजाँदै गर्दा बाटोमा दुवैजनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता एवं डीएसपी सरोज राईले जानकारी दिए ।
दुवैको शव चन्द्रपुरस्थित अस्पतालमा राखिएको छ ।
५६२ नम्बरको मोटरसाइकलमा पछाडि सवार रौतहटकी ३२ वर्षीया चनचलादेवी साह र भारतको बिहार राज्य बकुलियाकी ३४ वर्षीया मुनीदेवी साहको उपचार वीरगन्जमा भइरहेको प्रहरीले जनाएको छ । रासस