site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
महालक्ष्मी विकास बैंकको क्रेडिट कार्ड भुक्तानीमा ईएमआई सुविधा

काठमाडौं । महालक्ष्मी विकास बैंकले ग्राहकको वित्तीय आवाश्यकतालाई थप सहजीकरण गर्न आफ्ना क्रेडिट कार्ड ग्राहकहरुलाई मासिक किस्तामा आधारित भुक्तानी सुविधाको सुरुवात गरेको छ ।

‘बाई ह्वाट यू लभ, पे ह्वाउ यू लाइक’ योजनामा ग्राहकले महालक्ष्मी क्रेडिट कार्डमार्फत आफूले खरिद गरेको सेवा वा वस्तुको मूल्यको भुक्तानी तीन महिनादेखि १२ महिनासम्म भुक्तान गर्न सक्छन् ।

नेपाल, भारत वा भुटानभित्र जुनसुकै स्थानबाट जुनसुकै विक्रेता, सप्लायर्स वा डिलरबाट सेवा वा वस्तु खरिद गर्दा ग्राहकले मासिक किस्ता मार्फत भुक्तानी गर्न सक्नेछन् ।

ग्राहकले आफूले खरिद गरेको बिल पेस गरेपछि महालक्ष्मी विकास बैंकले सहजरूपमा कारोबारलाई मासिक किस्तामा परिवर्तन गरिदिन्छ । यसरी यस योजनाअन्तर्गत मासिक किस्तामा परिवर्तन गर्दा बैंकले ईएमआई प्रोसेसिङ शुल्क नलिने बैंकले जनाएको छ ।

प्रकाशित मिति: आइतबार, जेठ ४, २०८२  ११:५९
प्रतिक्रिया दिनुहोस्