site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
उत्पादनशील क्षेत्रमा लगानी गर्न प्रोत्साहित गर्ने नीतिका साथ बजेट आउनुपर्छ : धनराज गुरुङ

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले उत्पादनशील क्षेत्रमा लगानी गर्न प्रोत्साहित गर्ने गरी बजेट आउनुपर्ने बताएका छन् । शुक्रबार प्रतिनिधिसभा बैठकमा बजेटको सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्तावबाहेक) माथिको छलफलमा भाग लिँदै गुरुङले ऋण लिएर घ्यू खाने प्रवृत्तिको अन्त्य गर्दै ऋण लिएर उत्पादनशील क्षेत्रमा लगानी गर्न प्रोत्साहित गर्ने नीतिका साथ बजेट आउनुपर्ने बताए । 

उत्पादनबिनाको वितरणले समाजवादको बाटो समात्न नसक्ने भएकाले राज्यको लगानी पुँजी निर्माणमा केन्द्रित हुनुपर्ने उनले बताए । उत्पादनमा शिथिलता तर वितरणमा प्रतिस्पर्धा र होडबाजीको चलन देखिएको भन्दै गुरुङले यही कारण राजस्व र चालु खर्चबीच ठूलो खाडल देखिएको उल्लेख गरे । 

उनले राष्ट्रको लगानी पुँजी निर्माणमा हुनुपर्ने र आर्थिक सुशासन कायम गर्नमा ध्यान दिनुपर्ने उल्लेख गरे । 

प्रकाशित मिति: शुक्रबार, जेठ २, २०८२  १५:३१
प्रतिक्रिया दिनुहोस्