अर्थ व्यवसाय

काठमाडौं । भ्रमण स्वीकृत नगरी स्थानीय तहका पदाधिकारीहरू विदेश भ्रमणमा गएको खुलेको छ ।
२६ वटा स्थानीय तहका पदाधिकारीहरूले स्वीकृति बेगर चीन, दक्षिण कोरिया, अस्ट्रेलिया, टर्की लगायतका देशको भ्रमणबापत एक करोड ४६ लाख ७७ हजार खर्च गरेको महालेखापरीक्षकको कार्यालयले बुधबार सार्वजनिक गरेको आफ्नो ६२औँ प्रतिवेदनमा सो कुरा औंल्याएको हो ।
“स्थानीय तहका पदाधिकारीहरू विदेश भ्रमणमा जाँदा नेपाल सरकारको स्वीकृति लिनुपर्ने व्यवस्था छ । यो वर्ष २६ स्थानीय तहका पदाधिकारीले नेपाल सरकारको स्वीकृति बेगर चीन, दक्षिण कोरिया, अस्ट्रेलिया, टर्की लगायतका देशको भ्रमणबापत रु. एक करोड ४६ लाख ७७ हजार खर्च गरेको पाइयो,” प्रतिवेदनमा भनिएको छ ।
प्रकाशित मिति: बुधबार, वैशाख ३१, २०८२ १७:५५
प्रतिक्रिया दिनुहोस्