site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
पाथीभरामा केबलकार निर्माण गर्न सर्वोच्चले खोल्यो बाटो

काठमाडौं । सर्वोच्च अदालतले ताप्लेजुङको पाथीभरामा केबलकार निर्माण कार्य रोक्न यसअघि दिएको अन्तरिम आदेश निरन्तरता दिनु नपर्ने आदेश गरेको छ । 

न्यायाधीश नहकुल सुवेदी र अब्दुल अजिज मुसलमानको इजलासले यसअघिको अन्तरिम आदेशलाई निरन्तरता दिनु नपर्ने आदेश गरेको हो । 

Argakhachi Cement Island Ad

पाथीभरा केबलकार निर्माण कार्य रोक्न माग गर्र्दै गत चैतमा यामबहादुर लिम्बूलगायतले दायर गरेको रिट निवेदनमाथि प्रारम्भिक सुनुवाइपछि सर्वोच्च अदालतले अन्तरिम आदेशको टुंगो नलाग्दासम्म सबै कामकारबाहीलाई यथास्थितिमा राख्न आदेश दिएको थियो ।

त्यसपछि न्यायाधीश शारंगा सुवेदीको इजलासले अन्तरिम आदेश जारी गर्ने वा नगर्ने भन्नेबारे छलफल गर्न दुवै पक्षलाई झिकाएको थियो । 

दुई पक्षको छलफलपछि डा. नहकुल सुवेदी र अब्दुल अजिज मुसलमानको इजलासले अन्तरिम आदेश दिन नपर्ने बताएको हो ।
 
यो आदेशसँगै अब केबलकार निर्माणको काम अघि बढाउन बाटो खुलेको छ ।

आईएमई ग्रुपको लगानीमा पाथीभरामा केबलकार निर्माणको काम अघि बढेको थियो ।

प्रकाशित मिति: बुधबार, वैशाख ३१, २०८२  १९:२४
प्रतिक्रिया दिनुहोस्