
काठमाडौं । इनफिनिक्स ब्रान्डले नेपाली बजारमा उपलब्ध आफ्ना स्मार्टफोनहरू, विशेष गरी हट ५०आई र स्मार्ट ९मा ब्यान्ड २० (८०० मेगाहर्ज)को सुविधा ल्याएको छ ।
यस सुविधाले कमजोर नेटवर्क भएको स्थानमा पनि उत्कृष्ट ४जी कनेक्टिभिटीको अनुभव दिलाउने कम्पनीले जनाएको छ ।
इनफिनिक्स हट ५०आईमा ६.७ इन्चको आईपीएस एलसीडी पर्दा रहेको बताइएको छ । जसमा १२० हर्जको रिफ्रेस दर प्रदान गरिएको छ, जसले दृश्यलाई झनै जीवन्त बनाउने कम्पनीको दाबी छ ।
यसमा २५६ जीबीसम्मको भण्डारण र ८ जीबीसम्मको र्यामको विकल्प उपलब्ध छ। फोटोग्राफीका निम्ति ४८ मेगापिक्सेलको मुख्य क्यामेरा दिइएको छ ।
यसमा पाँच हजार एमएएच क्षमताको ब्याट्री छ र १८ वाटको छिटो चार्ज सुविधा पनि उपलब्ध छ ।
स्मार्ट ९ मा ६.६ इन्चको एचडीप्लस पर्दा दिइएको छ, जुन उज्यालो र स्पष्ट दृश्य दिन सक्षम छ । यो मोडेल सामान्य दैनिक कार्यका लागि उपयुक्त भरपर्दो प्रोसेसरबाट सञ्चालित छ ।
प्रशस्त भण्डारण विकल्प रहेको यस फोनमा मेमोरी विस्तार गर्न सकिने सुविधा पनि छ ।
फोटोग्राफीका लागि डुअल क्यामेरा सेटअप दिइएको छ । लामो समयसम्म टिक्ने ब्याट्रीको कारण प्रयोगकर्ता पूरै दिनभर लाभान्वित रहन सक्नेछन् ।
ब्यान्ड २० को ८०० मेगाहर्ज फ्रिक्वेन्सीले सिग्नल गहिराइमा पुर्याउन मद्दत गर्ने बताइएको छ ।