अर्थ व्यवसाय

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलभित्रैबाट टेलिफोनको तार चोरी भएको छ । तार चोरी भएपछि आन्तरिक उडान (डोमेस्टिक टर्मिनल)तर्फ बिहानैदेखि टेलिफोन अवरुद्ध भएको थियो ।
नेपाल टेलिकमका सहप्रवक्ता नवीनकुमार मिश्रका अनुसार, हाल चोरी भएको स्थानमा नयाँ तार जडान गरी टेलिफोन सुचारु गरिएको छ । विमानस्थल भित्रैबाट १०० मिटर तामाको तार चोरी भएको उनले बताए ।
चोरी गर्ने व्यक्ति पक्राउ परिसकेको पनि उनले जानकारी दिए ।
प्रकाशित मिति: बुधबार, वैशाख ३१, २०८२ १९:५४
प्रतिक्रिया दिनुहोस्