site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
स्याङ्जाको विरुवा र अर्जुनचौपारीमा गरिमा विकास बैंकका नयाँ शाखा

काठमाडौं । गरिमा विकास बैंकले स्याङ्जाको विरुवा र अर्जुनचौपारीमा दुई नयाँ शाखा कार्यालय सञ्चालनमा ल्याएको छ । विरुवा शाखाको उद्घाटन बुधबार (वैशाख ३१ गते) विरुवा गाउँपालिका अध्यक्ष सूर्यबहादुर कुँवर र बैंकका अध्यक्ष दिलीप प्रताप खाँडले संयुक्त रूपमा गरेका हुन् ।

त्यसैगरी, आजै अर्जुनचौपारी शाखाको उद्घाटन अर्जुनचौपारी गाउँपालिका उपाध्यक्ष सपना गुरुङ र बैंकका अध्यक्ष खाँडले संयुक्त रुपमा गरेका हुन् ।

गरिमा विकास बैंकले देशभर १२५ शाखा कार्यालय, एक एक्स्टेन्सन कार्यालय र ५० एटीएम मेसिनमार्फत सेवा दिँदै आएको छ । 

प्रकाशित मिति: बुधबार, वैशाख ३१, २०८२  १९:२४
प्रतिक्रिया दिनुहोस्